वैशाख ३०, २०८१ आइतबार May 12, 2024

एमाले केन्द्रीय कमिटी बैठक आज, खनाल नेपाल पक्षले बहिष्कार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनार माधवकुमार नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ ।

बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने बताए ।

बुधबार बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

‘१०औं महाधिवेशन आयोजक कमिटी नै अवैधानिक रहेकाले अवैधानिक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष हो,’ पन्तले भने ।

पार्टी अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्र–एमाले एकता अघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाइएको भए पनि पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् । २ सय ६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको छ । अध्यक्ष ओली २ जेठ २०७५ मा नफर्किएर आफ्नो पुरानो निर्णय २८ फागुन २०७७ मा फर्किएको आरोप नेपाल समूहको रहेको छ ।

एमाले नेता युवराज ज्ञवालीले महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैधानिक रहेकाले आफूहरू सहभागी नहुने बताए । अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक सर्वसम्मत रूपमा बहिष्कार गर्ने निर्णय भएको बताउँदै उनले यसबीचमा वार्ताको प्रयास जारी नै राख्ने बताए । सहमतिका लागि औपचारिक रूपमा वार्ता समिति गठन गरेर पार्टीभित्रको समस्या समाधानका लागि प्याकेजमै सहमति गर्नुपर्ने निष्कर्ष बैठकको रहेको उनले बताए ।

ओली समूहले केन्द्रीय कमिटीको बैठक बोलाउने र खनाल–नेपाल समूहले बैठक बहिष्कार गर्नेगरी अगाडि बढे पनि दुवै समूहका दोस्रो तहका नेता विवाद मिलाउन आन्तरिक गृहकार्यमा जुटेका छन् । सहमति साथ अगाडि बढ्ने विषयमा छलफल गर्दै उनीहरूले विवाद समाधान गर्न केन्द्रित भएको एमाले स्रोतको दाबी रहेको छ ।- राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. शेखर कोइराला र गगन थापाबीच विशालनगरमा भेटवार्ता
२०८१ वैशाख ३०, आइतबार
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
२०८१ वैशाख ३०, आइतबार
सभामुखले डाके कानुन मन्त्रीसहित प्रमुख दलको बैठक
२०८१ वैशाख ३०, आइतबार
२४ वर्षीय युवकको चक्कु प्रहार गरी हत्या गर्ने चारजना १७ वर्षमुनिका किशोर
२०८१ वैशाख ३०, आइतबार
उपेन्द्र यादव नेतृत्वको जसपाले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै
२०८१ वैशाख ३०, आइतबार
संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक : काँग्रेस
२०८१ वैशाख ३०, आइतबार
प्रिमियर लिगबाट रेलिगेसनमा परे यी तीन क्लब
२०८१ वैशाख ३०, आइतबार