वैशाख ३०, २०८१ आइतबार May 12, 2024

मनसुन सक्रिय भएसँगै उच्च सतर्कता अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनाइएको जानकारी पनि मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज दाहालले जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङलगायत २६ वटा जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेको जानकारी दिँदै खोज तथा उद्धार र राहत कार्य निरन्तर जारी राखेको बताउनुभयो । हालसम्म मुलुकभर २७ को मृत्यु, २६ बेपत्ता, १९ जना घाइते भएका छन् । हेलिकप्टरबाट २६८ जना र सुरक्षाकर्मीले चार सय जनाको उद्धार गरेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरोपीडित एक हजार छ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै ४६२ घर तथा भवन पूर्ण रूपमा र ११० आंशिक रूपमा क्षति पुगेको छ । सम्भावित मनसुनजन्य जोखिम कायमै रहेकाले नदी किनार, खोला–खोल्सा, खहरे नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यस वर्षको मनसुनजन्य विपत््बाट क्षति भएका निजी घर पुनर्निर्माणका लागि दुई करोड ८६ लाख रकम निकासा भई विपत् पीडितलाई वितरणको प्रक्रियामा रहेको जानकारी प्रवक्ता दाहालले दिनुभयो ।

सरकारले बाढी, पहिरोपीडितको निजी आवास पुनर्निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । गत वर्ष मनसुनजन्य विपत्बाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि विपत् व्यवस्थापन कोषमा जम्मा भएको २० करोड रुपियाँमध्ये २० जिल्लाका तीन हजार ९३९ आवास निर्माणका लागि पहिलो किस्ता १९ करोड ९७ लाख ७३ हजार रुपियाँ रकम निकासा गरिएको छ । अर्थ मन्त्रालयबाट प्राप्त थप १० करोड रुपियाँ नुवाकोट जिल्लाका बाढीपीडितलाई अनुदानस्वरूप वितरण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय विपत्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान सहयोग वितरण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिरीबन्धु प्रकरणमा सर्वोच्चको पूर्णपाठ : ‘हदबन्दी छुटको जग्गा बेच्न, मास्न र बाँझो राख्न निषेध’
२०८१ वैशाख ३०, आइतबार
नीति तथा कार्यक्रम बैठक अवरुद्ध गर्ने कांग्रेसको संकेत
२०८१ वैशाख ३०, आइतबार
सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख ३०, आइतबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
२०८१ वैशाख ३०, आइतबार
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट
२०८१ वैशाख २९, शनिबार
सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी
२०८१ वैशाख २९, शनिबार
जसपा सरकार ढाल्ने खेलमा लाग्दैन : जसपा महासचिव राई
२०८१ वैशाख २९, शनिबार