वैशाख ३०, २०८१ आइतबार May 12, 2024

उडान प्रतिबन्ध हुँदा नेपाल भित्रिने विदेशीको सङ्ख्या घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोभिड-१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र रहेको छ ।

अघिल्लो मेमा नेपाल भित्रिने सङ्ख्या एक हजार ४६८ थियो । त्यसअघि प्रतिबन्धको अवस्था नहुँदा मार्चमा भने करिब १५ हजार विदेशी नेपाल भित्रिएका थिए ।

अध्यागमनले सार्वजनिक गरेको यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपाल प्रवेश गर्ने विदेशीको सङ्ख्या हो । कोभिडको दोस्रो लहरपछि सरकारले स्थल मार्गबाट विदेशीलाई नेपाल प्रवेश निषेध गर्दै आएको छ ।

जुनमा नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतीय छन् । विभागका अनुसार उक्त महिना ३५९ जना भारतीय नेपाल प्रवेश गरेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट २६६ जना प्रवेश गरेको तथ्याङ्क छ ।

बेलायतबाट ५७ जना, चीनबाट ३८ जना नेपाल आएको विभागले जनाएको छ । त्यसपछि दक्षिण कोरियाबाट ३२ जना नेपाल आएका छन् । नेपाल भित्रिनेमा विशेष गरी विदेशी कूटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका कर्मचारी तथा प्रतिनिधि रहेका छन् । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. शेखर कोइराला र गगन थापाबीच विशालनगरमा भेटवार्ता
२०८१ वैशाख ३०, आइतबार
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
२०८१ वैशाख ३०, आइतबार
सभामुखले डाके कानुन मन्त्रीसहित प्रमुख दलको बैठक
२०८१ वैशाख ३०, आइतबार
२४ वर्षीय युवकको चक्कु प्रहार गरी हत्या गर्ने चारजना १७ वर्षमुनिका किशोर
२०८१ वैशाख ३०, आइतबार
उपेन्द्र यादव नेतृत्वको जसपाले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै
२०८१ वैशाख ३०, आइतबार
संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक : काँग्रेस
२०८१ वैशाख ३०, आइतबार
प्रिमियर लिगबाट रेलिगेसनमा परे यी तीन क्लब
२०८१ वैशाख ३०, आइतबार