भाद्र ९, २०८३ मंगलबार August 25, 2026

निजगढ विमानस्थलबारे सर्वोच्चमा बहसका लागि जान तयार छु :पर्यटन मन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुमती मिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताएका छन् । यो आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका कारण आफैं बहसमा जान तयार रहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले निजगढ विमानस्थल निर्माणबारे बाहिर फैलाइएका अफवाह हटाउनु आवश्यक रहेको उल्लेख गरेका छन ।

‘राज्यका कुनै पनि निकाय यो आयोजनामा अवरोधक बन्दैनन्, तर, सर्वोच्च त्यसमा क्लियर हुन खोजेको छ, उसलाई स्पस्ट बनाउनु सरकारको दायित्व हो,’ उनले भने ।

सर्वोच्चले आयोजना नबनाऊ नभनेको भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने उनले बताएका छन । ‘हामी फिल्डमा पो जानु भएन, कागजी कामको तयारीमा त काम गर्न सक्छौं नि,’ मन्त्री भट्टराईले भने ।

यो आयोजनामा काट्ने रुखको संख्या, वातावरण बिनासमा अनावश्यक डाटा बाहिर ल्याएर अफवाह फैलाइएको भन्दै उनले नागरिक उड्डयन क्षेत्रका बिज्ञले अफवाह चिर्ने गरी अभियान थाल्नुपर्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री
२०८३ भाद्र ९, मंगलबार
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
२०८३ भाद्र ९, मंगलबार
चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन
२०८३ भाद्र ९, मंगलबार
नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा
२०८३ भाद्र ९, मंगलबार
यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ
२०८३ भाद्र ९, मंगलबार