वैशाख ३०, २०८१ आइतबार May 12, 2024

सर्वोच्चको आदेश छलेर संसद्मा अध्यादेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले अदालतको आदेशलाई अटेर गरेर नागरिकता अध्यादेशलाई संसदमा पेस गरेपछि यसलाई संविधानमाथिको शृंखलाबद्ध आक्रमणका रूपमा अर्थ्याइएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ९ गते राष्ट्रपतिबाट जारी नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई सर्वोच्च अदालतले जेठ २७ गते अन्तरिम आदेश जारी गर्दै नागरिकता अध्यादेश कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न भनेकोे थियो।

जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिएको र लगत्तै अर्को दिन जेठ ९ गते विवादित अध्यादेश जारी गरिएको थियो। यसप्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमिति अभ्यासको रूपमा लिइयो भने संविधानद्वारा प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुन पुग्ने देखिएको भन्दै अदालतले आदेश जारी गरेको थियो।

तर, राष्ट्रियसभाको बिहीबारको बैठकमा नागरिकता अध्यादेश सरकारका मन्त्रीले टेबुल (पेस) गरेका छन्। ‘यसरी अध्यादेश टेबुुल गर्नु सरासर अदालतलाई छलेर गएजस्तो भयो, यस्तो कार्य असंवैधानिक हुन जान्छ,’ संविधानविद् डा. विपीन अधिकारीले भने, ‘संसद्ले विचाराधीन विधेयकलाई पारित गर्न सक्छ, कानुन संशोधन गर्न सक्छ तर अदालतले रोकेको अध्यादेशलाई संसद्मा लगेर टेबुल गर्न मिल्दैन।’

कांग्रेसका संसदीय दलका नेता तथा कानुनविद् राधेश्याम अधिकारीले संसद्मा छलेर आएको अध्यादेशमै आपत्ति भएकाले यो अध्यादेश संसद्बाट अघि बढ्ने विषयमा आफ्नो र पार्टीको असहमति रहेको बताए। उनले यो अध्यादेशमा असहमति रहेको भन्दै विरोधको सूचना दिइने जानकारी पनि गराएका छन्। ‘संसद्मा विचारधीन विधेयकलाई अघि नबढाउने प्रतिनिधिसभा भंग गर्ने र त्यसको भोलिपल्टै अध्यादेश ल्याउने कुरामा नै हाम्रो असहमति हुनेछ,’ उनले भने। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकको प्रतिवेदन : आर्थिक सूचकहरु सुधारोन्मुख, मुद्रा सञ्चिति बृद्धि
२०८१ वैशाख ३०, आइतबार
एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश
२०८१ वैशाख ३०, आइतबार
राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : डा. भट्टराई
२०८१ वैशाख ३०, आइतबार
डा. शेखर कोइराला र गगन थापाबीच विशालनगरमा भेटवार्ता
२०८१ वैशाख ३०, आइतबार
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री
२०८१ वैशाख ३०, आइतबार
सभामुखले डाके कानुन मन्त्रीसहित प्रमुख दलको बैठक
२०८१ वैशाख ३०, आइतबार
२४ वर्षीय युवकको चक्कु प्रहार गरी हत्या गर्ने चारजना १७ वर्षमुनिका किशोर
२०८१ वैशाख ३०, आइतबार