असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रियसभा बैठक : बिधिको शासन नभएको प्रतिपक्षी सांसदहरुको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले समसामयिक बिषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभयो।

राष्ट्रियसभामा सत्तापक्षीय सदस्यहरुले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण बन्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको वताउनु गर्नुभयो ।

उहाँहरुले संसदीय अभ्यासको नाममा गैह्र संबैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षदलका सदस्यहरुले विधिको शासन र कानुनलाई सरकारले नमानेका कारण राजनितक समस्या बल्झिएको बताउनु भयो।

राष्ट्रियसभा सदस्यहरुले बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुर्नस्थापनाको माग गर्नुभयो ।

आजको बैठकमा राष्ट्रियसभा सदस्यहरुले सबै नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।

संसदले पास गरे अनुरुपको चुच्चे नक्साको प्रयोग स्वयं सरकारी निकायबाट नै भएको छैन भन्दै राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय दलित आयोगको गठन संविधान बमोजिम नरहेको बताउनु भयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार