जेठ ६, २०८१ आइतबार May 19, 2024

राप्रपामा तामाङको संयोजकत्वमा वार्ता समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिसँग वार्ता गर्न नेता बुद्धिमान तामाङको संयोजकत्वमा जगत गौचन र ऋषिबाबु परियार सदस्य रहेको वार्ता समिति गठन गरेको छ ।

पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय विशेष समितिको आजको बैठकले उद्वव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरेको हो ।

पार्टीले बुद्धिजीविसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा प्रा.डा.जयन्तनाथ खनाल र प्रा.डा.यादवप्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति गठन गरिएको केन्द्रीय सचिवालय सदस्य भास्कर भद्राले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया