जेठ ६, २०८१ आइतबार May 19, 2024

दल खारेजीको माग गरिनु पार्टीलाई बदनाम गराउने कार्य – माओवादी केन्द्र (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र खारेजीसम्वन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले दल दर्ता खारेजीको हर्कत गर्नु हास्यास्पद रहेको भनेको छ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार एक वक्तव्य जारी गर्दै, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदनक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’ भनेका छन्।

माओवादी केन्द्रले निर्वाचन आयोगमा आफ्नो दल खारेजीको माग गरिनु पार्टीलाई बदनाम गराउने कार्य भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुई दिनअघि नेकपा एमालेमा रहेका पूर्वमाओवादीका नेताहरु माओवादी केन्द्रले लामो समय महाधिवेसन नगरेको भन्दै दल खारेजीको निवेदन दर्ता गराएका थिए ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया