असार २३, २०८२ सोमबार July 7, 2025

विवाहपछि यौन चाहना दोब्बर बढाउनलाई के गर्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मानिसका ईच्छा चाहाना सदैब एउटै हुदैन्न् । यौन चाहना नहुने विभिन्न कारण हुन्छन् । जसमध्ये सबैभन्दा प्रमुख कारण रागरसको गडबडी हो । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोग) को औषधि र मधुमेहको औषधि सेवन गरेको अवस्थामा पनि उसमा यौन चाहना नआउन सक्छ । यसका साथै आफ्नो दिनचर्या निकै व्यस्त हुने व्यक्तिमा थकान र विभिन्न तनावले मानसिक रुपमा तयार नहुनाले पनि व्यक्तिमा यौन चाहना नआउन सक्छ ।

यसका साथै केही हदसम्म वंशाणुगत गुणका कारणले पनि यौन चाहनामा फरक पर्न जान्छ । तर यी समस्या परामर्शको माध्यमबाट हल गर्न सकिने यौन विशेषज्ञहरु बताउछन् ।  यौन इच्छा नआउनु कुनै रोग होइन र यसले शरीरमा कुनै किसिमको हानी गर्दैन् ।

मानिसलाई यौनको आवश्यकता पर्छ । किनकी मानिस यौनिक प्राणी हो । तर यौन सम्पर्क नराख्दैमा मानिस बाच्दैन भन्ने होइन । यौन सम्पर्कबाट टाढा रहदा अझ एचआईभी एड्स तथा यौन संक्रमणबाट बच्न सकिन्छ । त्यसैले यौन चाहना नहुनु धेरै ठूलो समस्या होइन ।

तर विवाह पछिको यौन सम्बन्धमा भने यसले केही प्रभाव पार्छ नै । श्रीमान्लाई यौन चाहना भइरहने र श्रीमतीलाई यौन चाहना नहुदा समस्या पैदा हुन्छ । श्रीमानको इच्छा पुरा गर्न पनि श्रीमतीले यौन सम्पर्क राखिदिनु पर्ने सोच हाम्रो समाजमा छ । यसका साथै श्रीमतीले यौन चाहना नै छैन भनेपछि श्रीमानले शंकाको दृष्टिले हेर्ने परम्परापनि समाजमा छ । त्यसैले यौन चाहना नहुनु कुनै रोग नभए पनि विवाह पछिको यौनले विशेष महत्व राख्छ । त्यसैले कसरी हुन्छ, विवाहपछि श्रीमान श्रीमतीबिच सहमतीमा यौन सम्पर्क राख्नु पर्छ । र एकले अर्काको भावना बुझ्नु पर्छ ।

यौन चाहना कम हुदैमा शंकाको दृष्टिले हेर्ने संस्कार हटाउनु पर्छ । किनकी यौन चाहना व्यक्ति व्यक्ति बिच  फरक हुनसक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया