असोज १५, २०८३ बिहिबार October 1, 2026

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले भएन : मन्त्री ढकाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले नभएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बिरामी बेहोस बनाउने तालिम लिएका कर्मचारी स्थानीय तहमा फाइल बोक्ने काममा सरुवा भएको टिप्पणी गरेका छन ।

‘जुन ढगंले समायोजन हुनुपर्ने त्यो ढंगले कर्मचारी समायोजन भएको छैन’ मन्त्री ढकालले भने । उनले समायोजनका क्रममा आएका २ हजार गुनासोमध्ये १ हजार गुनासो व्यवस्थापन गरेको र १ हजार गुनासोको व्यवस्थापनको क्रममा रहेको पनि जानकारी दिएका छन ।

‘हामीले हिमाली जिल्लाहरुमा खाली भएका दरबन्दीमा प्रोत्साहन गरी सेवा सञ्चालन गर्ने तयारी गरेको छ’ उनले कर्मचारी समायोजनबारे भने । जनु ठाउँमा आवश्यकता पनि र माग पनि छ भने त्यो ठाउँमा कर्मचारी पठाउने हो भने समायोजनको समस्या सुधार हुँदै जाने मन्त्री ढकालले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार