असार २५, २०८२ बुधबार July 9, 2025

इराकस्थित कोभिड अस्पतालमा आगलागी हुँदा ५० भन्दा बढीको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इराकको दक्षिणी भेगको नसिरिया शहरस्थित एउटा कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

आगलागीका कारण अन्य केहिको पनि मृत्यु भएको आशंका गरिएको छ । अन्यको खोजी कार्य भइरहेको एपीले जनाएको छ ।

हिजो बलुका लागेको आगलागीका कारण दर्जनौँ घाइते भएका छन् । १६ जनाको सकुशल उद्धार गरिएको छ । अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको हुनसक्ने बताइएको छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया