असार २३, २०८२ सोमबार July 7, 2025

कर्णाली प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले असार ३० गते राती १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

बुधबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको आठौं बैठक एमालेले कार्यसूचीमा प्रवेश गर्न दिएको थिएन । त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि बैठक सूचारु नै हुन सकेन । त्यो बीचमा सर्वदलीय बैठक बसेपनि सहमति जुट्न नसकेपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । सर्वदलीय सहमति जुटाउन नसकेपछि अब बजेट अध्यादेशबाट आउने निश्चित भएको छ ।

यसैबीच कर्णाली प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको जनाएको छ । बुधबार राती एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसअनुसार अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार