असार २५, २०८२ बुधबार July 9, 2025

कोभिड-१९ महामारीका विरुद्ध अफगानिस्तानलाई सहयोग गर्ने चीनको आश्वासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन‍् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पु¥याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा राखेका हुन ।

पछिल्लो समयमा अफगानिस्तानमा कोभिड महामारीका सङ्क्रमितहरु बढ्दै गएको भन्दै महामारीसँग लड्ने औषधि स्वास्थ्य औजारहरुका साथै खोप आदि उपलब्ध गराएर चीनले अफगानिस्तानलाई सहयोग गर्ने विदेशमन्त्री वाङले जानकारी दिए । विदेशमन्त्री वाङले अफगानिस्तानका विदेशमन्त्री मोहमद हानिफ आतमारसँग बिहीबार भएको द्धिपक्षीय भेटवार्ताका क्रममा सो सहयोगको आश्वासन दिए ।

उहाँले सो भेटका अवसरमा चीन र अफगानिस्तान पहाड तथा नदीले छुट्याएका दुई छिमेकी देशहरु हुन् भने । अफगानिस्तानसँग चीनको विगत धेरै लामो समयदेखिको मित्रता रही आएको पनि सो अवसरमा उनले बताए । उनले त्यस अवसरमा हाल अफगानिस्तानमा रहेका चीनका नागरिक र चिनियाँ विभिन्न संघ संस्था आदिको सुरक्षाका लागि पनि आग्रह गरे ।

अफगानिस्तानमा हाल तालिबानी लडाकूहरुले दिन प्रतिदिन हिंसात्मक हमलाका घटना बढाएका छन् । जसका कारण यहाँ दैनिकजसो नागरिकको ज्यान जान थालेको पनि पाइएको छ । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार