असार २१, २०८२ शनिबार July 5, 2025

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटपिट गरेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ।
राखेपका उपाध्यक्ष पिताम्वर तिम्सिनाले रिपोर्टिङका क्रममा पत्रकार कुटिनु गलत भएको बताएका छन। पत्रकारहरुको एक टोलीले उपाध्यक्ष तिम्सिनालाई भेटेर घटनाबारे ध्यानाकर्षण गराउँदै यस्तो अवस्थामा सागको रिपोर्टिङ कसरी गर्ने भन्दै प्रश्न गरेको थियो।

घटनाको विषयमा सुरक्षा प्रमुखसँग कुरा गर्ने तिम्सिनाले बताएका छन्। सदस्य सचिव रमेश सिलवालसँग पनि यस विषयमा कुरा गर्ने र दोषि अधिकारीमाथि कारबाहीको लागि कदम चाल्न पत्रकारहरुले माग गरेका छन्।

मंगलबार बिहान नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले दशरथ रंगशालामा कुटपिट गरेको थियो।

रंगशालामा प्रहरीले दर्शकमाथि कुटपिट गरेको भिडियो खिचेको भन्दै डिएसपी सन्तोष सिंह राठौरले पत्रकार चापागाईँ माथि कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार