असोज १०, २०८३ शनिबार September 26, 2026

सुदूरपश्चिमका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः साउन महिना शुरु भएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । साउनलाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए ।

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै शत्रु नलाग्ने जनविश्वास रहिआएको छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाइ गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यस महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने, भजनकीर्तन गर्ने  र बत्ती बाल्ने चलन रहिआएको छ ।

बसाइँ सरेका गएकाहरु  इष्टकुल देउताको मन्दिरसम्म धूप बत्ती गर्नका लागि आउन थालेका छन् । शक्तिपीठमा पूजाआजका लागि एक हप्ताअघिदेखि नै माछा, मासु, लसुन र प्याज नखाएर शुद्ध रहनुपर्ने परम्परा रहेको छ ।

बैतडीका सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर सहित जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीले दर्शन गर्न गर्दछन् ।  साउन महिना शुरु भएसँगै दोगडाधाममा भक्तजनको घुइँचो लागेको पण्डित गणेशदत्त भट्टले बताए । उनले भने, “साउन महिना शुरु भएयता दैनिक ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेका छन् ।”

यस्तै हरियो महिनाका रुपमा चिनिने साउन महिनामा नारीले हरियो मेहन्दी, चुरापोते र सारी लगाएर मनाउने गर्दछन् । साउन महिनाभरी सोमबारे बत्र बसेर शिवालयमा पूजाआजा गरेमा अविवाहित नारीले शिव जस्तै पति पाउने र विवाहित नारीको श्रीमान्को आयु बढ्ने जनविश्वास रहिआएको छ ।

त्यस्तै साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ । यससँगै साउनको महिनादेखि चाडपर्व शुरु भएकोसमेत मानिन्छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार
बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
२०८३ असोज १०, शनिबार