भाद्र १०, २०८३ बुधबार August 26, 2026

मास प्रिन्टरबाट स्मार्ट लाइन्सेन्स छपाइ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ बल्ल थालेको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ ।
अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । अब दिनमा तीन सिफ्ट गरेर कर्मचारीलाई लाइसेन्स प्रिन्टमा खटाउन लागिएको हमालले बताएका छन ।

‘अब ७/७ घण्टाको तीनवटा सिफ्ट बनाएर रातभर पनि लाइसेन्स छाप्छौं,’ उनले भने, ‘कम्तिमा ४ महिनाभित्रै वितरण हुन बाँकी सबै लाइसेन्स चालकलाई दिन्छौं ।’

यो मेसिनले दिनमा ८ हजारसम्म लाइसेन्स छपाइ गर्ने अनुमान विभागको छ । त्यसअनुसार महिनामा साढे २ लाख लाइसेन्स छापिनेछ । ४ महिनाभित्रै वितरण हुन बाँकी लाइसेन्सको ‘ब्याक लग’ फुकेर नियमित अवस्थामा लैजान सकिने दाबी हमालको छ ।
‘त्यसपछि ट्रायल पास भएकै र नवीकरणका लागि पेश गरेकै दिनमा लाइसेन्स दिन सकिने अवस्था आउँछ,’ उनले भने ।

यद्यपि, उनले भनेजस्तो ट्रायल पास भएकै दिनमा लाइसेन्स दिन सम्भव भने देखिँदैन, किनभने लाइसेन्सको छपाइ काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा भइरहेको छ । लाइसेन्स वितरण गर्ने जिम्मेवारी देशभरमा दर्जनभन्दा बढी यातायात कार्यालयले पाएका छन् ।

अहिले करिब ९ लाख चालक सबै प्रक्रिया पूरा गरेर लाइसेन्सको प्रतीक्षामा छन् । चालकलाई राजश्व तिरेको बिलका भरमा सवारी चलाउनुपर्ने बाध्यता छ । सरकारले लामो समयदेखि स्मार्ट लाइसेन्सको माग धान्न सकेको छैन ।

देशभर लाइसेन्स वितरण भए पनि त्यसअनुसार कार्डको छपाइ गर्न नसक्दा लाखौं सवारी चालक लाइसेन्सविहीन हुन पुगेका छन् । लाइसेन्स छाप्ने ठूलो मेसिन चलाउने प्राविधिकका लागि निर्माता कम्पनीले बोलाएको तालिममा यातायात मन्त्रालयका सहसचिवहरु इटाली पुगेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
२०८३ भाद्र १०, बुधबार
भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनको तयारी
२०८३ भाद्र १०, बुधबार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
२०८३ भाद्र १०, बुधबार
प्रदेश मन्त्रीका मोहले ४ दलको केन्द्रमा हलचल
२०८३ भाद्र १०, बुधबार
अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद
२०८३ भाद्र १०, बुधबार
कोप-३१ : कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
२०८३ भाद्र १०, बुधबार