जेठ २३, २०८३ शनिबार June 6, 2026

शुक्रबारदेखि मुग्लिङ–नारायणगढ सडक दैनिक चार घण्टा बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आउँदो शुक्रबारदेखि लगातार १४ दिनसम्म मुग्लिङ–नारायणगढ सडकखण्ड हरेक दिन चार घण्टा बन्द हुने भएको छ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाले बुधबार सूचना जारी गर्दै पहिरो रोकथामको काम बाँकी रहेका आठ ठाउँमा कामको लागि चार घण्टा सडक बन्द गर्ने जनाएको हो।

शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ। उक्त समयमा सवारी आवागमन नहुने सूचनामा जनाइएको छ।

नारायणगढबाट छिर्ने यात्रुवाहक सवारीसाधनहरुलाई पन्ध्र किलो बजारमा र मालवाहक सवारीसाधनलाई दासढुंगामै रोकिने आयोजनाले जनाएको छ।

यस्तै मुग्लिङतर्फ उक्त समयमा यात्रुवाहक सवारीसाधन काठमाडौंबाट आउनेलाई मुग्लिङ बजारमा र पोखराबाट आउनेलाई बेनीटारमा रोकिने जनाइएको छ।

यस्तै, मालवाहक सवारीसाधनमा काठमाडौंबाट आउनेलाई लेवाटारमा र पोखराबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजनाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार