असार २६, २०८२ बिहिबार July 10, 2025

काँग्रेसमा नेतृत्व विवाद – बेनीबहादुर कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेस चौधौं माहाधिवेशनको पूर्वसन्ध्यामा छ । कोरोनासमेतका कारणले काँगे्रसलाई यो अधिवेशन गर्न चुनौती छ । क्रियाशील सदस्यताको विवादमा धेरै समयमा खेर गएको छ । यसक्रममा नेपाली काँग्रेसमा नीतिभन्दा नेतृत्व चयनमा धेरै दौड र चासो देखिएको छ । यस्तो प्रवृत्ति नेपाली राजनीतिमा अपवादबाहेक सबै दलमा देखिने गरेका छन् । यो नेपाली राजनीतिको विशेषता नै भएको छ । यही भएकाले नेपाल अस्थिरताको भुमरीमा फसेर अपेक्षाअनुरूप प्रगति गर्न सकेको छैन ।

नेपाली काँग्रेसमा अहिले नै नेतृत्वको आकलन गर्न सजिलो छैन । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य कल्याण गुरुङसम्म एक दर्जन आकाङ्क्षी नेता अहिले सभापतिको चर्चामा हुुनुहुन्छ । यीमध्ये कसरी सहमति हुन्छ, को, को उम्मेदवार हुन्छन् र को, को विजयी हुन्छन् भन्ने कुरा अहिले नै अनुमान गर्न कठिन छ । तैपनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर र शशाङ्क कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिमध्ये एक जना सभापति बन्ने सम्भावना छ ।

अधिकांश कार्यकर्ताको विश्लेषणअनुसार सभापति देउवाले काँग्रेसमा सबैभन्दा धेरै चार पटक प्रधानमन्त्री, विभाजित र एकीकृत काँग्रेसको सभापति भइसकेकाले अहिले दोस्रो र तेस्रो पुस्ताका नेताहरू समेत सभापतिका आकाङ्क्षी भएको अवस्थामा पुनःसभापतिको उम्मेदवार हुनुभन्दा राम्रो ससम्मान वरिष्ठ नेताका रूमा काँग्रेसको अभिभावक रहनु नै देउवाका लागि उपयुक्त देखिन्छ ।

उमेरका कारण र आफूले विगतमा सभापतिको कार्यकालमा गरेको कामको आत्मसमीक्षा गरेर अब कुनै पद नलिएर सर्वमान्य भएर बस्नु नै बुद्धिमानी हुनेछ । उम्मेदवार बनेर सफलता हात नलागेमा उहाँको अहिलेको उचाइ धरासायी हुनेछ । त्यसमा पनि निधि पनि उम्मेदवार हुने हो भने देउवा उम्मेदवार बन्न कदाचित् उचित हुँदैन भन्नेहरू पनि छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल निष्ठावान र बौद्धिक नेता भएर पनि अहिलेसम्म सभापति र प्रधानमन्त्री हुने अवसर पाउनुभएको छैन र अब पनि तत्कालै ती पद पाउने सम्भावना देखिँदैन ।

त्यसैले सबै मिलेर काँग्रेसको एकमना सरकार बनाएर पौडेललाई विशेष सम्मानका साथ काँग्रेसको नेतृत्वगणले राष्ट्रपति बनाएर सम्मान दिँदा यथोचित हुनेछ यसो गरिएन भने अहिलेसम्म नेपाली काँग्रेसमा उहाँले दिएको योगदानको अवमूल्यन हुनेछ । उपसभापति विमलेन्द्र निधिले यस पटक सभापतिको उम्मेदवार घोषणा गर्नुभएकाले संस्थापना घटकमा तरङ्ग आएको छ । विभिन्न दबाबमा परेर निधि सभापतिमा उठ्नुु भएन भने बेग्लै हो, अन्यथा उहाँको प्रभाव मधेसमा राम्रो छ ।

जित्ने, हार्ने कुरा अहिले नै निश्चित हुने कुरो हुँदैन तर निधिको सम्भावना राम्रो छ । महामन्त्री डा.शशाङ्क कोइराला भने बीपी पुत्र पनि भएकाले उहाँको पनि जनाधार राम्रो छ । तर जित्नकै लागि भने डा. शेखर र नेत्री सुजातामध्ये एक भएर उम्मेदवार हुन आवश्यक छ । नभए परिणाम हात लाग्न मुस्किल देखिन्छ । पूर्व उपसभापति प्रकाशमान सिंह जनआन्दोलनका कमान्डर गणेशमान सिंह र मङ्गलादेवीका पुत्र, ने.वि.सङ्घ काठमाडौँ सभापति, काँग्रेस काठमाडौँ सचिव, सभापति हुँदै पार्टी केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसमेत भएर काम गरिसकेकाले अब सभापतिको माग तथा दाबी जायज हो भन्नै पर्ने हुन्छ । नेतृत्व पङ्क्तिले उहाँलाई अवसर दिँदा दलको हित हुने देखिन्छ ।

अधिकांश कार्यकर्ताको विश्लेषणअनुसार सभापति देउवाले काँग्रेसमा सबैभन्दा धेरै चार पटक प्रधानमन्त्री, विभाजित र एकीकृत काँग्रेसको सभापति भइसकेकाले अहिले दोस्रो र तेस्रो पुस्ताका नेताहरू समेत सभापतिका आकाङ्क्षी भएको अवस्थामा पुनःसभापतिको उम्मेदवार हुनुभन्दा राम्रो ससम्मान वरिष्ठ नेताका रूमा काँग्रेसको अभिभावक रहनु नै देउवाका लागि उपयुक्त देखिन्छ ।

दलमा निरन्तरता र पदीय हैसियतको आधारमा दलले उम्मेदवार बनाउने कि नबनाउने त्यो दलकै कुरा हो । नभए जित्ने हिसाबले डा. शेखर कोइरालाको लोकप्रियता सबैभन्दा धेरै छ । जिताउने नै हो भने उहाँलाई नै सभापतिको उम्मेदवारमा अघि सारेमा सफलता मिल्ने देखिन्छ । ने.का.को भविष्य उज्ज्वल बनाउने हो भने यीबाहेकका आधा दर्जनभन्दा धेरै युवासमेतका सभापतिका आकाङ्क्षीबीच समीकरण गरेर सर्र्वसम्मत नेतृत्व चयन गरेर नयाँ सोच र शैलीका आधारमा काम गर्न आवश्यक छ ।

कुनै पनि राजनीतिक दलले सफलता पाउन नीति र नेतृत्वको समीकरण मिल्नुपर्छ । नभए त्यो दलको इतिहास जति नै सुनौलो भए पनि उसले सफलता हात पार्न सक्दैन । नेपाली काँग्रेसमा ठीक त्यही अवस्था छ । यो यथार्थलाई बिर्सेर काँग्रेसका नेताहरू नेतृत्वको दौडमा दौडेका छन् । यस सन्दर्भमा बी.पी.कोइरालाको नेतृत्वमा भएको पहिलो आमनिर्वाचनमा दुईतिहाइ बहुमत पाएको काँग्रेस्रले बहुमत गुमाएर कमजोर प्रतिपक्षमा सीमित हुनुपरेको सत्यको समीक्षा हुनुपर्छ । यो किन भयो र यसमा कसलाई दोष दिने भन्ने प्रश्न काँग्रेस वृत्तका लागि गम्भीर सवाल हो । नीतिको कमीकमजोरीले हो कि, नेतृत्वको कमजोरीले यस्तो भएको हो समीक्षा गर्नुपर्छ ।

इतिहास रचेको नेपाली काँग्रेसकोे नेतृत्व गरिरहेका वा अब नेतृत्व गर्छु भनेर दौडमा तम्सिएकाहरू यसतर्फ गम्भीर हुन जरुरी छ । यसमा विचारै नगरी अहिले थरीथरीका समूह बनाएर सभापतिको उम्मेदवार घोषणा गरेका छन् । आ, आफ्ना पिताको लिगेसी भजाएर डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले लन्च बैठक गरेर हामीमध्ये नै सभापति हुनुपर्छ भन्ने दाबी गरिरहनु भएको छ । वर्तमान सभापति देउवा सभापतिमा दोहोरिन चाहनु हुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अन्तिम पटक भनिरहनु भएको छ ।

गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह के.सी, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला पुराना र बुद्धिजीवी भएकोले आफूले अवसर पाउनुपर्ने भनिरहनु भएको छ । नेता सिटौला १३औँ महाधिवेशनमा तेस्रो धारको सभापतिमा उम्मेदवार भएकाले १४औँ मा पनि उहाँको भूमिका महत्त्वपूर्ण हुने नै छ । नेत्री सुजाता कोइराला गिरिजाबाबुकी छोरी भएकाले सभापतिमा दाबी गरिरहनु भएको छ । डा. शेखर कोइराला आफ्नो जित्ने सम्भावना रहेको र जितेर पार्टी सङ्गठन सुदृढ बनाएर पहिलेको अवस्थामा पु-याउने दाबी गरिरहनु भएको छ । गगन थापा, डा. चन्द्र भण्डारी, प्रदीप पौडेल, विश्व प्रकाश र कल्याण गुरुडजस्ता युवा आफूलाई लोकप्रिय भनिरहनु भएको छ ।

यीबाहेक कमला पन्त पुष्पा भुसाल, डा. डिला सङ्ग्रौलासमेतका महिला नेत्रीहरू उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यमा आकाङ्क्षी हुनुहुन्छ । नयाँ नेतृत्वले नयाँ सोच र शैलीका साथ काम गर्ने दृढ अठोटका साथ चुनावी तयारी गर्ने हो भने मात्र ने.का.लाई पुरानो अवस्थामा लैजान सम्भव हुनेछ । काँग्रेस नेतृत्वले साझा रूपमै सुझबुझका साथ चुनावी मैदानमा जान आवश्यक छ । अन्यथा उम्मेदवार बन्नेको र समग्रमा ने.का.को समेत सामूहिक हार हुनेछ ।

नेपाली काँग्रेसको नेतृत्वमा जो आए पनि सुरुमै सार्वजनिक रूपमै निस्वार्थ भएर नेपाली जनता र नेपालको हितमा काम गर्छु भनेर जनतासमक्ष शपथ खान जरुरी छ । गणतान्त्रिक लोकतन्त्र रक्षाका लागि गुट र समूहभन्दा माथि उठेर नेपाली काँग्रेस एक ढिक्का हुनपर्छ ।

काँग्रेसका मतदाताले असल चरित्र, सङ्गठानिक क्षमता र दूरदृष्टि भएका नेतालाई नेतृत्वको अवसर दिनुपर्छ नेपाली काँग्रेसको हितमा भन्नुपर्दा अधिकांश कार्यकर्ता र आम जनसमुदायले आशा गरेका लोकप्रिय नेतामा डा. शेखर नै अग्रपङ्क्तिमा देखिनुभएको छ । समीकरणमा यसो हुननसके प्रकाशमालाई अवसर दिँदा पनि धेरै दृष्टिले उपयुक्त हुने दखिन्छ । आमसहमतिमा नेपाली काँग्रेसको नेतृत्व चयन हुनसके त्यो नेतृत्व काँग्रेस, नेपाल र नेपालीको हितमा हुनेछ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार