असार २५, २०८२ बुधबार July 9, 2025

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ ।

खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्य सरकारहरुलाई पनि आह्वान गर्नुभएको छ ।

उहाँले सङ्घीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बताउनु भएको छ । अमेरिकामा सङ्घीय सरकारका निकायहरूमा मात्रै करिब २० लाख मानिस काम गर्छन् ।

बाइडेनले जारी गर्नुभएको निर्देशनमा अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ व्यवस्था गरिएको उल्लेख छ ।

त्यसैगरी सबै कर्मचारीले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ । बढी सङ्क्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको अमेरिकामा हालसम्म आधा जनसङ्ख्याले मात्र खोपको मात्रा पूरा गरेका छन ।

खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सवैलाई आग्रह गरेको छ ।

खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम दिने व्यवस्थाले पहिले नै खोप लगाइसकेकालाई भने अन्याय हुने टिप्पणी पनि भएको छ । अमेरिकी राष्ट्रपति वाइडेनले भने सार्वजनिक हितका लागि भएकाले यसलाई अन्यथा मान्न नहुने बताउनु भएको छ ।

“जति धेरै मानिसले खोप लगाउँछन्, कोरोना भाइरसको महामारीबाट हामी उतिनै बढी सुरक्षित हुन्छौँ, त्यसैले यसको फाइदा सवैलाई हुने भएकाले खोप लगाउन प्रेरित गर्नु हामी सवैका लागि हितकर छ”, उहाँले भन्नुभयो ।

गत महिना अमेरिकामा गरिएको एउटा अध्ययनले ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिहरुको भएको देखाएको थियो । (रासस-एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार