असार २५, २०८२ बुधबार July 9, 2025

माग पूरा नगरे प्रधानमन्त्री कार्यालय घेर्ने शिक्षक महासंघको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: आफूहरुले राखेका माग पूरा नगरे प्रधानमन्त्री कार्यालय समेत घेराउ गर्ने शिक्षकहरुले बताएका छन् ।

निजामती विद्यालय खारेजीको माग गर्दै रिले अनसन थालेका शिक्षकहरुले सो चेतावनी दिएका हुन् ।

निजामति विद्यालय सञ्चालनका लागि बजेटमा भएको व्यवस्था विभेदकारी भएको भन्दै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले थालेको रिले अनसनबाट समस्या समाधान नभए कडा आन्दोलन गर्ने शिक्षक नेताहरुले बताए।

अघिल्लो सरकारले बजेटमा निजामतिका बालबच्चाको लागि विशेष किसिमका छुट्टै विद्यालय व्यवस्था गरेर सरकारी शिक्षा ओझेलमा पार्न खोजेकोले शिक्षकहरुले खारेजीको माग गरेको महासंघका वरिष्ठ उपाध्यक्ष यम.पी. भुसालले बताए।

शुक्रबार महासंघका अध्यक्षसहित सदस्य शिक्षकहरुले ३४ बुँदे मागसहित माइतीघर मण्डलामा कालो ब्यानरसहित अनसन बसी बजेटको विभेदकारी व्यवस्था खारेजीको माग गरेको थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया