श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा एमालेद्वारा ९ वटा विभाग गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले ९ वटा विभिन्न विभाग गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा दुई दिन बसेको बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको स्कुल विभागका प्रमुखमा अध्यक्ष केपी शर्मा ओली, संसदीय विभागमा दलका उपनेता सुवास नेम्वाङ, सङ्गठन विभागको प्रमुखमा विष्णु पौडेल, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभागमा भानुभक्त ढकाल, विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल, स्थानीय तह विभागको प्रमुखमा देवेन्द्र दाहाल रहनुभएको जानकारी दिनुभयो ।

बैठकले विभागमा सदस्य थप्दै लैजाने र पार्टीलाई नयाँ गतिका साथ अगाडि बढाउने समेत प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

बैठकले भदौ २७ र २८ गते हुने विधान महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिवेदन मस्यौदाका लागि संयोजक तोकेको छ भने सङ्गठनात्मक प्रस्तावका लागि गठन गरिएको समितिमा महासचिव ईश्वर पोखरेललाई संयोजक तोकेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी विधान संशोधन सम्बन्धी प्रस्तावको मस्यौदाका लागि उपमहासचिव विष्णु पौडेल र महाधिवेशनको समग्र व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

एमालेले साउन २४ गते विधान महाधिवेशनको तयारीका लागि तथा पार्टी सङ्गठनका विविध विषयमा छलफल गर्न केन्द्रिय कमिटीको बैठक बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार