असोज १०, २०८३ शनिबार September 26, 2026

लाखौं भक्तजनले पशुपतिनाथको गजुर बाहिरैबाट दर्शन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साउनको सोमबार पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला नगरिए पनि पशुपति क्षेत्रमा गत हप्ताभन्दा पनि बढी भक्तजनको भीड लागेको छ ।

निषेधाज्ञाका कारण लामो समय घरमा बसेका भक्तजन शान्तिका लागि पनि पशुपति क्षेत्रमा आएको देखिन्छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले मूल मन्दिरको गजुरको दर्शन गर्नु पनि पशुपतिनाथको दर्शन गरे बराबरको फल मिल्ने मान्यताले पनि भीड बढेको बताउनुभयो ।

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले मन्दिर बन्द गरिएको छ । वैशाख पहिलो हप्तादेखि बन्द गरिएको मन्दिर खोल्न निश्चित नभए पनि लाखौँ भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका छन् । बाहिरबाटै दर्शन गर्न भए पनि पशुपति क्षेत्र आएको दोलखाबाट आउनुभएका श्याम उप्रेतीले सुनाउनुभयो । साउनको सोमबार पशुपतिनाथ नखुले पनि बाहिरी क्षेत्रबाटै दर्शन गर्ने उद्देश्यले आएको उहाँले बताउनुभयो ।

शास्त्रीय मान्यताअनुसार मानसिक रुपमा पनि भगवान्को दर्शन गर्न सकिन्छ । यसै विश्वासका आधारमा पनि पशुपति क्षेत्रमा साउनको सोमबार भक्तजनको भीड बढ्ने गरेको छ । पशुपति क्षेत्रमा पाइला टेक्दैमा आनन्दानुभूति हुने अनुभवले आएको बताउने भक्तजनको भीड पनि पशुपति क्षेत्रमा भेटिन्छ ।

पशुपति क्षेत्रमा आएका कतिपय मानिसले भने मास्क लगाएको देखिँदैन । समूह समूहमा मानिस आएका देखिन्छ । यसले गर्दा फेरि मन्दिर क्षेत्रमा जम्मा भएका मानिसकै कारण कोरोना बढ्ने जोखिम त बढ्ने होइन भन्ने त्रास फैलिएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले मास्क नलगाएकालाई लगाउन भन्ने र भौतिक दूरी कायम गरेर व्यवस्थित गरिएको बताउनुभयो ।

पशुपतिनाथ मन्दिरसँगै उत्तरपूर्वी भेगको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । यी मन्दिरमा पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् । यस बाहेकका शहरका भित्री भागमा रहेका मन्दिरमा भने भक्तजनले दूरी कायम गरी पूजा आराधना गरेका छन् ।

मन्दिरमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको भीड लागेको थियो । साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य एवं पारिवारिक सुख प्राप्त हुने, मनोकामना पूर्ण हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार