जेठ १८, २०८० बिहिबार June 1, 2023

सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको घटनास्थलमै मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा आईतबार विहान बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको ज्यान गइसकेको र कैयन हताहत रहेको जानकारी दिएका छन । ‘डीएसपीले मलाई दिएको जानकारी अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले भने ।

घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज जेठ १८ गतेको दैनिक राशिफल
२०८० जेठ १८, बिहिबार
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
२०८० जेठ १८, बिहिबार
चितवन राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना प्रहरीकाे नियन्त्रणमा
२०८० जेठ १८, बिहिबार
राष्टपतिद्धारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त (सूचीसहित)
२०८० जेठ १८, बिहिबार
यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे
२०८० जेठ १८, बिहिबार
राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने
२०८० जेठ १८, बिहिबार
तपाईं चिया पिउनुहुन्छ ? यो १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो
२०८० जेठ १८, बिहिबार