श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेसँगै चालु अवस्थामा करिब पाँचवटा सडकका आयोजना प्रभावित हुने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, १८ वैशाख : सडक डिभिजन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशतमात्र भएको छ । चालु आवका लागि सङ्घीय सरकारबाट रु ७४ करोड ३६ लाख १९ हजार बजेट विनियोजितमध्ये साउनदेखि चैतसम्म कार्यालयको हालसम्म पुँजीगत खर्च २६ प्रतिशतमात्र भएको सडक डिभिजन कार्यालय जुम्लाका नि. प्रमुख श्रवणकुमार महताराले जानकारी दिनुभयो ।

यो आवमा सडकका २२ वटा योजना बोलपत्र भई कार्यान्यवन गर्नेका लागि सम्झौता भई अहिले काम धमाधम भइरहेका छन् । कार्यालयको जुम्लालगायत कालिकोट र मुगु जिल्लामा कार्यक्षेत्र रहेको छ । राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने यहाँको नाग्मदेखि हिमा गाउँपालिकाको देवारगाउँसम्मको करिब १५ किलोमिटर सडकको कालोपत्र गर्न ठेक्का आह्वान गरिएको कार्यालय प्रमुख महताराले जानकारी दिनुभयो ।

पन्ध्र किलोमिटर खण्डमा उच्चस्तरीय कालोपत्रका लागि अस्फाल्ट कङ्क्रिट प्रविधि प्रयोग हुने भएको छ । नाग्म–गमगढी राजमार्गका लागि बहुवर्षीय बजेटसमेत स्वीकृत भइसकेकाले दीर्घकालीन रूपमा निर्माणकार्यले निरन्तरता पाउने अपेक्षा गरिएको छ । चार वर्षअगाडि सो सडकको यहाँको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा करिब छ किलोमिटरमात्र सडक कालोपत्र भएको कार्यालय प्रमुख महताराले बताउनुभयो ।

पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले सडकका विकास निर्माणका काम प्रभावित हुने देखिन्छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेसँगै चालु अवस्थामा करिब पाँचवटा सडकका आयोजना प्रभावित हुने अनुमान गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सडक कालोपत्र गर्न आवश्यक निर्माण सामग्री नपाएको गुनासो निर्माण व्यवसायीबाट आउने गरेको सडक डिभिजन कार्यालयका प्रमुख महताराको भनाइ छ । निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा अन्तरराष्ट्रिय बजारमा गिरावट आएसँगै यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
सप्तरीमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार