श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमाले एकताका लागि ओली-नेपालबीच निर्णायक भेटवार्ता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि लचिलो हुने निर्णय गरेको छ । सोमबार आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले संयमित भएर बढ्ने निर्णय गरेको नेता रघुजी पन्तले पत्रकारहरुलाई बताए ।

पन्तले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटवार्ता हुने खुलासा गरे । तर, उनले त्यसको मितिबारे केही खुलाएनन् । दुवै नेताले एकताका लागि ठोस कुराकानी गर्ने बताए । उनले भने, ‘उहाँहरुबीच छिट्टै भेटवार्ता हुने सुनेको छु ।’

पन्तका अनुसार पार्टी एकताका लागि दुवै पक्षका नेताहरु सामेल हुन नहुनेबारे छलफल भएको बताए । उनले भने, ‘पार्टी एकतालाई कमजोर बनाउन नहुने र संयमित र जिम्मेवार भएर गम्भीरतापूर्वक बढ्नुपर्नेमा सबैको सहमति रह्यो ।’ उनले बोल्दा संयमित भएर बोल्नुपर्ने निष्कर्ष निकालिएको समेत बताए ।

अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको बताइरहँदा एकताका लागि विशेष पहल भइरहेको खुलेको हो । नेपाल पक्ष एकताका लागि संयमता अपनाउने पक्षमा रहेपनि ओलीले पार्टीका विभागहरु गठन गरेका छन् । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार