काठमाडौंः नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । बैठक बुद्धनगरस्थित क्वालिटी प्यालेसमा बस्ने छ ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन् । हिजोबाट जारी बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए ।
बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए ।
बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन् । बैठकलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताउँदै आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया