श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गण्डकी प्रदेशमा प्रतिपक्ष एमालेले छाँया सरकार गठन गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छाया सरकार गठन गरेको छ ।

प्रदेश सरकारले गरेका अनियमितता तथा अन्य कामहरूको सूक्ष्म निगरानी र दबाब सृजना गर्न एमालेले छाया सरकार गठन गरेको हो ।

एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको छ । ती समितिले विषयगत मन्त्रालयका कार्य प्रगति हेर्नेछन् ।

गण्डकी प्रदेशमा ११ मन्त्रालय रहेका छन् । एमालेले गठन गरेको  ९ समितिले सबै मन्त्रालयको काम हेर्ने गरी संसदीय समूह बनाएको हो ।

भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक पूर्व मन्त्री रामशरण बस्नेत हुनुहुन्छ । त्यसको सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला रहनुभएको छ ।

सामाजिक विकास समूहमा पूर्व मन्त्री नरदेवी पुन मगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य हुनुहुन्छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण समूहको संयोजकत्व पूर्व मन्त्री विकास लम्सालको नेतृत्वमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्य रहनुभएको छ ।

कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहको संयोजक चन्द्रमोहन गौचन हुनुहुन्छ भने सदस्यमा पुष्पा केसी भण्डारी चुनिनुभएको छ । इन्द्रलाल सापकोटाको नेतृत्वमा गठित अर्थ समूहको सदस्यमा कृष्णबहादुर थापा रहनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकत्व मोहनप्रसाद रेग्मीले गर्ने र  मायानाथ अधिकारी, मीना गुरुङ त्यसको सदस्यमा हुनुहुन्छ । मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य रहेको भूमि, व्यवस्था, कृषि समूहको नेतृत्व मित्रकुमारी गुरुङले गर्नुहुने छ भने ऊर्जा, खानेपानी समूहको संयोजक मीनप्रसाद गुरुङ बन्नुभएको छ । यो समूहको सदस्य धनञ्जय दवाडीलाई बनाइएको छ ।

स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्व राजीव पहारीलाई दिइएको छ । समूहको सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर हुनुहुन्छ ।

नेपालमा २०४८ मा तत्कालीन एमालेले छाया सरकार बनाएको थियो त्यसपछि छाया सरकारले  निरन्तरता पाउन सकेको थिएन । केहीँ समय अगाडी नेपाली काङग्रेसले पनि सङ्घमा छाया सरकार बनाएको थियो ।

संसदीय व्यवस्था भएको मुलुकमा छाया सरकार बनाउने प्रचलन भएको र त्यसले सरकारले गरेका अनियमिततादेखि हरेक विकास निर्माणका कामहरूको प्रगति तथा समानान्तर योजनाको बाँडफाँड सम्मको कामलाई गहिरो गरी हेर्ने पूर्व मन्त्री विकास लम्सालले बताउनुभयो ।

उहाँका अनुसार छाया सरकारको काम सरकारले गरेका नराम्रा कामहरूको सशक्त प्रतिकार गर्ने हुनेछ । गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार जेठ २७ गते ढलेको थियो ।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले संसद्मा विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार