श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेसको १४औं महाधिवशेन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिबेशन आगामी २०७८ मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४औं महाधिवेशनको लागि देशभरका सबै वडाको अधिवेशन भने यही भदौ १८ गते गर्ने भएको छ।

यस्तै देशभरका सबै गाउँपालिका, नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको अधिबेशन भदौ २७ गते, प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिबेशन असोज १ गते, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिबेशन असोज ५ गते र सबै ७७ वटै जिल्लाको अधिबेशन असोज १० गते हुने भएको छ।

तीन दिनदेखि चलेको केन्द्रीय कार्यसमितिको सो बैठकले सात प्रदेश अधिबेशन दशैंपछि अर्थात कात्तिक १० ,११ र १२ गते गर्ने भएको छ।

नेपालको संबिधान र दल दर्ता सम्बन्धि ऐन २०७३ बमोजिम नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७९ जेठ ३० गते सम्म सम्पन्न गर्दा संबिधान र कानुन प्रतिकुल नहुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश सदस्यद्वारा सप्रमाण र संबैधानिक एबम् कानुनी धारणा तथ्यगत रुपमा प्रस्तुत गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार