वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

रेल चलाउन कम्पनीको ताकेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्रयाकमा त्रिपाल ओढाएर राखिएका बेला रेल चलाउन भारत सरकारले ताकेका गरेको छ ।

नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले भारतको कोनकन रेल्वेज कार्पोरेसनबीच भएको सम्झौताअनुसार रेल चलाउन नेपाल सरकारलाई ताकेता गरेको हो ।

नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुरूप नेपालमा रेल चलाउने जनशक्ति नभएकाले चेन्नइस्थित कोनकन रेल्वेले कार्पेरेसनले रेल सञ्चालनको जिम्मा लिएको छ । रेल सञ्चालनको जिम्मा पाएको कार्पोरेसनले जनकपुरधाममा तालिम दिएका १ सय ८६ कर्मचारीलाई राखेर तलब खुवाउन नसक्ने भन्दै रेल सञ्चालन गर्न सरकारलाई ताकेता गरेको हो ।

नेपाल रेल्वे कम्पनी र कोनकन रेल्वेले कार्पेरेसनबीच रेल चलाउन सम्झौताअनुसार नेपाल सरकारले कोनकनलाई रेल सञ्चालनका लागि अग्रिम रकम पठाउन ढिलाइ भएकोले ताकेता गरेको रेल विभागका महानिर्देशक दीपक भट्टराईले जानकारी दिए ।

‘कोनकन रेल्वेले कार्पेरेसनले नेपालका कर्मचारीलाई तालिम दिइसकेको छ । सम्झौताअनुरूप सरकारले पठाउने रकम पठाउन ढिलाइ भएकोले उहाँहरूले ताकेतापत्र पठाउनुभएको हो । नेपाल सरकारको अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको छ । अबको केही दिनमा रेल सञ्चालनका लागि सम्झौताबमोजिम दिने भनिएको अग्रिम रकम पठाउँछौं,’ उनले भने ।

जनकपुरधाम–जयनगर रेल सञ्चालनका लागि तत्काल भारतीय चालकसहित प्राविधिक जनशक्ति लिइएको छ। उनीहरूको तालिम गत महिनाको जुलाइमा नै सकिएको छ । नेपाल र भारतमा ओहोरदोहोर गर्ने भनिएको रेल सञ्चालनका लागि जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल रेल्वे कम्पनी र भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच सम्झौता भएको हो । रेल्वे विभागका इन्जिनियर विनोद ओझाले रेल्वे सञ्चालनको जिम्मा नेपाल रेल्वे कम्पनीको भएकोले प्राविधिक कुराहरूले पूर्णता नभएकोले सञ्चालनमा समस्या आएको हो । ‘रेल्वे सञ्चालन, निर्माण, प्राविधिक जस्ता जटिलताका कारण रेल सञ्चालनमा छ,’ उनले भने ।

सुरुमा नेपालले भारतसँग ‘वेट लिज’ सम्झौता गर्ने तयारी गरेको भए पनि पछि त्यसो हुन नसक्दा सञ्चालनमा समस्या आएको रेल विभागमा काम गरिसकेका विज्ञ बलराम मिश्र बताउँछन् । वेट लिज गर्दा रेल बिक्रेता वा भाडामा दिने कम्पनीले खरिदकर्तालाई रेलसहित सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पनि उपलब्ध गराउनुपर्ने हुन्छ । यसरी खरिद गरिएको रेलको सञ्चालनका बेला गर्नुपर्ने मर्मत सम्भारदेखि अन्य प्रबन्धका काम पनि उसकै रहन्छ ।

भारत सरकारको सहयोगको ६९ किमी लामो जयनगर–जनकपुर रेलमार्गको पहिलो खण्ड जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो। सन् २०१० मा भारत सरकारले यो रेलमार्गको ‘ब्रोडगेज’ पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । जनकपुरधामदेखि महोत्तरीको बिजलपुरासम्मको खण्डमा भने पूर्वाधार निर्माण भइरहेको छ ।

राणा शासनका बेला वि.सं. १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म रेल सेवा सञ्चालन गरिएको थियो। शुरुआतमा तत्कालीन ब्रिटिस शासकले नेपालका जंगलको काठ ओसार्ने ध्येयले रेल सेवा सुरु गरेको मानिन्छ। कालान्तरमा यो सीमावर्ती क्षेत्रका नागरिकको आवतजावतको प्रमुख साधन बनेको थियो । यद्यपि, पुरानो प्रविधिको यो रेलको इन्जिन, लिक पुरानो भएर यो रेलमार्ग जयनगरदेखि जनकपुरसम्म मात्र खुम्चिएको थियो । पछिल्लो दशकदेखि यो खण्डसमेत बन्द भएको थियो । -कान्तिपुर दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया