श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर रु १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खरिद बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । बैंकिङ ११.३३, होटल तथा पर्यटन ३२.७३, वित्त २८.५१, निर्जीवन बीमा ६७.३६, जीवन बीमा १७२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । यस्तै, व्यापार ६४.७३, विकास बैंक ७४.७३, जलविद्युत् ४०.१२, उत्पादन १५८.९८, अन्य ३.६, लघुवित्त ५६.८२ र लगानी २.६८ बिन्दुले बढेको छ ।

कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ९७ हजार ४५६ बराबरको कारोबार भयो । नेपाल बैंक रु ६४ करोड ७० लाख २४ हजार ३२१, एचआइडिसिएल रु ५४ करोड ८४ लाख ७४ हजार ७९६, ङादी ग्रुप अफ पावर रु ४८ करोड ४८ लाख ८६ हजार ६४८, अपि पावर कम्पनी रु ४७ करोड ९७ लाख ३१ हजार ५९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

पाँच कम्पनीको शेयरमा सर्किट 

नेप्से झिनो अङ्कले बढे पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्म्क सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतको वृद्धि भयो ।

यस्तै, आइसिएफसी फाइनान्स ६.२७, माउण्टेन इनर्जी नेपाल ५.३३, यूनियन लाइफ इन्स्योरेन्स ४.५३, ङादी ग्रुप अफ पावर ४.३३ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार