काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को स्थायी कमिटी र संसदिय दलको बैठक आज बस्दैछ ।
स्थायी कमिटी बैठक मंगलवार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बोलाइएको एक नेताले जानकारी दिए ।
सरकारले सोमवारदेखि संसदको चालु अधिवेशन अन्त्य गरेसँगै फेरिएको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया