असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा स्थायी समिति बैठक आज पनि बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा स्थायी समिति बैठक आज (बुधबार) पनि बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने नेकपाले जनाएको छ।

स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो। विगत तीन दिनदेखि नेकपा स्थायी समिति बैठक बसिरहेको छ।

मंगलबारको बैठकमा घनश्याम भुसाल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, शक्ति बस्नेत, मणि थापा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका छन्।

भुसालले समाजवादउन्मुख कार्यभारअनुसारका चुनौती सामना गर्ने गरी पार्टीलाई नयाँ ढाँचामा पुनर्निर्माण गर्नुपर्ने निचोडसहित बैठकमा छुट्टै प्रस्ताव पेस गरेका हुन्।

भुसालले हरेक सदस्यको आधारभूत योग्यता तोक्न पनि प्रस्ताव गरेका छन्। आजको बैठकमा बोल्न बाँकी स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने कार्यक्रम छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया