श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माधव नेपाल र बामदेव गौतमबीच नयाँ बानेश्वरमा भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएकाे छ ।

मंगलबार केपी शर्मा ओलीको नेतृत्वमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहँदा दुई नेताबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा भेटवार्ता भएको हो ।

भेटका क्रममा छलफल भएका विषय भने सार्वजनिक भइसकेका छैन । नेपालले बामदेवसँगको भेटपछि सांसद तुलसा थापालाई पनि भेट गरेका छन् ।

यसअघि नेपालले सिंहदरबारमा साउन ३ मा प्रधानमन्त्री देउवालाई मत दिँदा तटस्थ बसेका एमाले सांसदहरूसँग छलफल गरेका थिए । दल विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी हुन लागेको चर्चा भइरहेका बेला माधव नेपालको सक्रीयता अर्थपूर्ण मानिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया