श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमालेका ५७ जना केन्द्रीय सदस्य तथा सांसदहरुको एउटै स्वर – ओली र नेपाललाई मिलेरै जान दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका ५७ जना केन्द्रीय सदस्य तथा सांसदहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरेका नेपाल दुवैलाई एक भएर जान दबाब दिएका छन्।

शुक्रबार महाराजगञ्जस्थित एरिकल इभेण्ट्स होटलमा भेला भएका उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरुलाई हल गर्दै पार्टी एकतामा जोड दिने निस्कर्ष निकालेका हुन्।

एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका उनीहरुले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकाल्दै कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताएका छन् ।

पार्टी विभाजनबाट कसैको हित नहुने उल्लेख गर्दै भेला भएका नेताहरुले १० बुँदे सहमतिलाई यसको अक्षर र भावनाअनुसार तत्काल कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

भेला पश्चात ५७ जना नेताहरुले जारी गरेको प्रेश विज्ञप्तिः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया