श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माधव नेपाल र महन्थ ठाकुरको प्रस्तावित पार्टीको नाम फेरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दुई दिनअघि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिकले प्रस्तावित पार्टीको नाम परिवर्तनका लागि आयोगमा निवेदन दर्ता गरेका छन् ।

नेकपा एमालेका माधव नेपाल नेतृत्व गर्नु भएको नेकपा एमाले समाजवादी नाम प्रस्ताव गरिएको दलको नाम नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी लोकतान्त्रिक प्रस्ताव गरिएको दलको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रस्ताव गरी नाम परिवर्तनका लागि निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि प्रस्ताव गरेको नाम आयोगमा पहिलेनै दर्ता भएको पार्टीसँग जुधेका कारण निर्वाचन आयोगले अस्वीकार हुन सक्ने संभावना रहेका कारण आयोगको पत्र नपठाउँदै नै पार्टीको नाम परिमार्जन गरिएको नेताहरुले बताउनु भयो ।

त्यसैगरी दुवै दललले यसअघि आयोगमा दर्ता गरेको केन्द्रीय कार्यसमितिको संख्या पनि बढाएका छन् । नेकपा (एकीकृत समाजवादी)ले यस अघि ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सो संख्या बढाएर ११५ पुर्‍याइएको छ भने महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टीमा ६ जना केन्द्रीय कार्यकारणी संख्या थप गरी ३१ जनाको कार्यकारिणी समिति सदस्य पुर्‍याएको छ ।

त्यसैगरी उक्त दलले शरतसिंह भण्डारीले बरिष्ठ नेताको रुपमा थप गरेको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया