श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भूल हो । – हिक्मत कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री तथा नेकपा (एमाले)का प्रभावशाली युवा नेता हिक्मत कार्कीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण एमालेभित्र समस्या उत्पन्न भएको बताएका छन्।

उनले एमाले र माओवादी केन्द्रको एकता गर्नु नै ऐतिहासिक भूल भएको जिकिर गर्दै भने, ‘राष्ट्रिय राजनीतिमा प्रचण्डको कहिल्यै पनि सकारात्मक भूमिका भएन। उहाँले कहिल्यै पनि कन्स्ट्रक्टिभ रोल देखिएन। उहाँको नीति भनेको नै ढाडमा टेकेर टाउकोमा हान्ने हो। प्रचण्डको खलनायकी भूमिकाका कारण एमालेको एकता चीरस्थायी हुन सकेन।’

राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमाले र माओवादीको एकतासँगै एमालेका नेताहरु ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमबीच समस्या उत्पन्न भएको टिप्पणी गरे। उनले भने, ‘हाम्रा नेताहरु प्रचण्डको भूलभूलैयामा पर्नुभयो।’

मन्त्री कार्कीले प्रचण्डमा एकल भूमिकामा स्थापित हुने चाहना बढी हाबी भएको पनि सुनाए । अहिलेसम्म ३४ वर्षसम्म प्रचण्डले आफ्नो पार्टीको महाधिवेशन पनि नगरेको उनको टिप्पणी छ। अहिले पनि प्रचण्ड राष्ट्रिय सम्मेलनबाट नेता घोषणा गरेर नै आउने उनको दाबी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार