काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।
उनले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएका हुन् ।
उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए । साथै उनले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो पनि पोखेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया