असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो । अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको पनि विवरण सार्वजनिक गरेको छ ।

अफगानिस्तान छाड्न चाहेका मानिसहरुलाई अमेरिकाले यही अगस्त १४ देखि उद्धार गर्न थालेको हो । ह्वाइट हाउसका सह प्रवक्ता एन्डे«उ बाट्सले भन्नुभयो, “उद्धार कार्य सुरु भएदेखि अहिलेसम्म कुल ८२ हजार ३०० भन्दा बढीलाई उद्धार गरिएको छ ।

तीमध्ये १९ हजारलाई पछिल्लो एक दिनमा उद्धार गरिएको छ ।” जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९०० भन्दा बढी पुगेको पनि उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । तालिबान विद्रोहीहरुले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरुलाई बाहिरिन सहयोग गरेको थियो ।

अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरुलाई पनि बाहिरिन मद्दत गरेको हो । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकहरुलाई स्वदेश फिर्ता गर्न लागेको एक हप्तापछि तालिबान विद्रोहीहरुले प्रदेशका राजधानीहरु कब्जा गर्न थालेका थिए । प्रदेश राजधानीहरु कब्जा गर्न थालेको एक हप्तापछि उनीहरुले केन्द्रीय राजधानी नै कब्जा गरेका थिए ।

उनीहरु राजधानी कब्जाका लागि काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ घानीले देश छाडेर भाग्नुभएको थियो । उहाँले थप रक्तपात र जनधनको क्षति हुन नदिनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छाडेर हिँडेको बताउनुभएको छ । राष्ट्रपति घानीले देश छाडेपछि तालिबान विद्रोहीहरुले देशको सबै सत्ता आफूहरुको नियन्त्रणमा आएको र तालिबान विद्रोह अन्त्य भएको घोषणा गरेका छन् । उनीहरुले अहिले आफ्नै सरकार गठन गरेर आफ्नै तरिकाको शासन व्यवस्था लागू गर्ने तयारीसमेत गरेका छन् ।

अघिल्लो कार्यकालमा कठोर शासन व्यवस्था लागू गरेका तालिबान विद्रोहीहरुले अहिले भने शासन व्यवस्थामा केही लचकता अपनाउने अपेक्षा गरिएको छ । तर कतिपयले भने उनीहरु उस्तै कठोर नै हुने भएकाले समर्थन र सहयोग गर्न नसकिने अडान पनि व्यक्त गरिरहेका छन् ।

उनीहरुको शासन व्यवस्था कस्तो होला र सहकार्य गर्न सकिएला कि नसकिएला भन्ने उत्सुकता अहिले विश्व समुदायमा देखिएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार