असार २३, २०८२ सोमबार July 7, 2025

बागमती प्रदेशसभाको आठौं अधिवेशन आज रातिदेखी अन्त्य हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) आज राति १२ बजेदेखि अन्त्य भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया