श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ब्याज छुट तथा सहुलियतकर्जाका छुट दिन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारीका समयमा बैंकलगायतको वित्तीय संस्थाले लिँदै आएको व्याजदर छुट दिन माग गरेको छ ।

सङ्घको सभाकक्षमा सम्पन्न सरोकार पक्षसँगका छलफलमा सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले केही दिनअघि व्यवसायले बुझाएको ज्ञापनपत्रको मागअनुसार सङ्घले स्थानीय सरकार, सङ्घको माथिल्लो निकायसम्म व्याज छुटका बारेमा छलफल थालिएको बताउनुभयो ।

उहाँले लामो समयसम्म कोभिडका कारण व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा बैंकलेसमेत त्यस अवधिको ब्याजमा छुट दिनुपर्ने तथा सहुलियतकर्जाका लागिसमेत सहजीकरण गरिदिनुपर्ने धारणा राख्नुभयो । सङ्घकी सङ्घसंस्था समन्वय उपसमितिकी संयोजक लक्की सिटौलाले ब्याज छुटसहित सहुलियतकर्जाका विषयमा बैंर्कससँग छलफल गरिएकोे बताउनुभयो ।

सङ्घका पूर्वअध्यक्ष प्रकाश प्रसाईंले कोभिड महामारीका समयमा बंैकलगायतका वित्तीय संस्थाले व्यवसायीसँग कर्जाको ब्याजमा छुट दिनुपर्ने र पहिलेकै धितोमा थप केही प्रतिशत ऋण दिने वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभयो ।

व्यवसायीद्वय विमल शर्मा र सन्दिप चापागाईंले बैंकको शाखाबाट केही गर्न नमिल्ने भए पनि आफ्नो माथिल्लो निकायमा समन्वय गरेर केही न केही सहज हुनेखाले कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । बैंकर्स एशोसिएसन दमकका अध्यक्ष राजन बस्नेतले बैंकको शाखाबाट केही गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले उठाएका व्याज छुटका विषयमा भने गम्भीर भएर माथिल्लो निकायमा पहल गर्ने छौँ ।”

उक्त कार्यक्रममा दमकमा रहेका विभिन्न बैंकका शाखा प्रमुख, बैंकका प्रतिनिधि, सङ्घका सदस्य, व्यापारीलगायतको उपस्थिति थियो । संयोजक सिटौलाका अनुसार व्याजदरमा छुट तथा सहुलियत कर्जाका बारेमा बैंकसँगै सहकारी सङ्घसंस्थासँग समेत छलफल गरिने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार