श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चन्द्रागिरीमा आजदेखि जीपलाइन सञ्चालन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंको चन्द्रागिरीमा शनिवार अर्थात् आज भदौ १९ गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइने भएको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागेको हो ।

चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मीटर जीपलाइन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि झण्डै पाँच महीनादेखि बन्द रहेको चन्द्रागिरी सरकारले निषेधाज्ञा पूर्णरूपमा हटाएसँगै खुला गरिएको हो ।

निषेधाज्ञा हटेसँगै चन्द्रागिरी केवलकारसमेत पूर्णरूपमा सञ्चालन आउने भएको छ । यसअघि रिसोर्ट जाने पाहुनालाई मात्र केवलकारको सेवा प्रदान गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले शनिवारदेखि स्वदेशी तथा विदेशी पर्यटकसमेतलाई केवलकारले सेवा प्रदान गर्ने महाप्रबन्धक शाहले बताए ।

‘कोरोना महामारीका कारण बन्द रहेको केवलकार शनिवारदेखि पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागेका छौँ’, उनले भने । केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गर्न अनुरोध समेत गरेको छ ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न नेपाल, भारत र विभिन्न देशका पर्यटक चन्द्रागिरी पुग्ने गरेका छन् । पछिल्लो समय चन्द्रागिरी आन्तरिक तथा बाह्य पर्यट्रकका लागि महत्वपूर्ण गन्तव्यस्थल बनिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार