असार २४, २०८२ मंगलबार July 8, 2025

१५ हजार घुससहित सई पंजियार पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक (सई) पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो ।

मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनलाई घूस लिइरहँदा रंगेहात समातिएको र थपव अनुसन्धान भइरहेको अतियारले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया