असार २१, २०८२ शनिबार July 5, 2025

भारतमा हिँसात्मक प्रर्दशन,ज्यान गुमाउनेको संख्या २० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ।

शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्।

शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो।

उत्तर प्रदेशमा मात्र ११ जनाको ज्यान गइसकेको छ। जसमध्ये वाराणासीमा ती बालकको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य १० जनाको भने प्रहरीको गोलीबाट मृत्यु भएको हो।

‘शुक्रबार १० जना मारिएका छन्। उनीहरु सबैको गोली लागेर मृत्यु भएको हो,’ उत्तर प्रदेश प्रहरी प्रवक्त शिरिष चन्द्रको भनाइ एएफपीले उधृत गरेको छ।

नोभेम्बर १२ मा भारतले अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका मुस्लिमबाहेक अन्य धर्मावलम्बीलाई नागरिकता दिनेगरी कानुन पारित गरेपछि भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै गएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया