असार २४, २०८२ मंगलबार July 8, 2025

सुरक्षा सहकर्मीबीचको झडपमा दोषी सबैलाई दण्डित गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दबेबाले दक्षिणी त्रिपोलीमा केही दिनअघि आफ्नै समूहविरूद्ध हतियार उठाएको सुरक्षाफौजलाई ‘दण्डित गरिने’ बताउनुभएको छ ।

सरकारी अधिकारीका अनुसार दबेबाले राजधानी त्रिपोलीमा आफ्नो सरकारका वरिष्ठ सुरक्षा तथा सैन्य अधिकारीहरूसँगको बैठकमा भन्नुभयो, “यो कार्य कदापि राज्यलाई स्वीकार्य हुन सक्दैन । जसले आफ्नै सहकर्मीविरूद्ध दक्षिणी त्रिपोलीमा गोली चलायो उनीहरू सजायको भागी हुनुपर्छ ।”

उक्त घटनाबारे आवश्यक निर्णयहरू गर्न सकियोस् भनेर दबेबाले एक हप्ताभित्र आफ्नो निष्कर्ष प्रस्तुत गर्नेगरी समिति गठन गर्ने निर्देशन दिनुभएको छ ।

दक्षिणी त्रिपोलीको सैनिक शिविर नजिकै बिहीबार राति दुई सरकारी सुरक्षाकर्मीबीच झडप भएको थियो । घटनामा के कति क्षति भएको भन्नेबारे सेनाले सार्वजनिकरूपमा भनाइ ल्याएको छैन ।

शुक्रबार लिबियाको राष्ट्रपतिको कार्यालयले उनीहरूलाई तत्काल युद्ध विराम गर्न र सबै सेनालाई आफ्नो मुख्यालयमा फर्काउने आदेश दिएको थियो ।

लिबियास्थित संयुक्त राष्ट्र संघीय सहयोग मिशनले शुक्रबार नै द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै तत्काल वैमनस्यता बन्द गर्न आह्वान गर्नुका साथै सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको थियो । सन् २०११ मा नेता मुअमर गद्दाफीको पतन भएदेखि लिबिया असुरक्षा र अराजकताको शिकार बनिरहेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार