असार २४, २०८२ मंगलबार July 8, 2025

बाइडेन दम्पत्तीले सेप्टेम्बर ११को आतंककारी हमला भएका तीनै स्थलको अवलोकन भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्नुहुने भएको छ ।

सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ ।

ह्वाइट हाउसले ट्वीटर सन्देशमार्फते जानकारी गराएअनुसार, सेप्टेम्बर ११ शनिबारका दिन बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ हमलाका तीनै स्थलमा यात्रा गरेर २० वर्षअघि गुमाएका जीवनलाई सम्मान र स्मरणीय बनाउनु हुनेछ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उहाँका पति डगलस इमोफ पनि छुट्टै कार्यक्रमको लागि पेन्सिलभेनियाको शाङ्कसभिल जाने कार्यक्रम रहेको बताइएको छ । उहाँहरू शाङ्कभिलपछि पेन्टागनमा राष्ट्रपति बाइडेन र प्रथम महिला जिल सम्मिलित कार्यक्रममा सहभागिता जनाउनुहुने वक्तव्यमा उल्लेख छ ।

शुक्रबार राष्ट्रपति बाइडेनले संघीय जाँच ब्यूरोको सेप्टेम्बर ११ को जाँचसँग सम्बन्धित कागजातहरूको वर्गीकरण समीक्षा निरीक्षण गर्न न्याय विभाग र अन्य सम्बन्धित निकायहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरी आगामी छ महिनामा वर्गीकृत कागजातहरू सार्वजनिक गर्न निर्देशन गर्नुभएको थियो ।

सेप्टेम्बर ११, २००१ मा संयुक्त राज्य अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा घातक आतङ्ककारी आक्रमणको सामना गर्नुपरेको थियो । आक्रमणमा तीन हजार भन्दा बढी मानिसहरू मारिएका थिए ।

अल कायदाका परिचालक निकायद्वारा अपहरण गरिएका विमानहरूलाई १०२ मिनेटको अवधिमा तिनीहरूमा ठोक्याएर दुर्घटना गराएपछि न्यूयोर्कको विश्व व्यापार केन्द्रका दुवै टावरहरू ढलका थिए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार