असार २४, २०८२ मंगलबार July 8, 2025

तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको पञ्जशिर प्रान्त पनि तलिबान विद्रोहीहरुले कब्जामा लिइएको घोषणा गरेका छन् ।

देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरुले पाञ्जशिर प्रान्त पनि कब्जा गरेसँगै सबै प्रान्त कब्जा भएका छन् ।

तालिबान विद्रोही र सरकारी सुरक्षाकर्मीहरुका बीचमा लामो समय भिडन्त भएपछि अन्ततः तालिबान विद्रोहीहरुले नै पञ्जशिरमा जीत हासिल गरेका हुन् ।

तालिबान विद्रोहीका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पञ्जशिरमा आफूहरुको जीत भएको र प्रान्त नै आफूहरुको नियन्त्रणमा आइसकेको दाबी गरे । “अफगानिस्तानका सबै भूभाग कब्जा गर्नेक्रममा सबैभन्दा अन्त्यमा पञ्जशिर प्रान्त पनि हामीले नियन्त्रणमा लिन सफल भएका छौँ”, प्रवक्ता मुजाहिदले भने ।

आफूहरुको सत्तालाई तालिबान विद्रोहीहरुले इस्लामिक इमरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन । पञ्जशिर पनि अब यहीमार्फत सञ्चालिन हुने भएको छ । विद्रोही र तत्कालीन सत्तापक्षका बीचमा भएको भिडन्तका क्रममा कैयौँको मृत्यु भएको छ भने अरु कैयौ घाइते पनि भएको विवरणहरु सार्वजनिक भएका छन् ।

पञ्जशिरमा भएको लडाइँमा हजारौँले भाग लिएका जनाइएको छ । भिडन्तका क्रममा अरु कैयौँको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । तर क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन ।

काबुलको उत्तरमा पर्ने पञ्जशिर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो भने यसलाई तालिबान विद्रोहीहरुले अहिलेसम्म नियन्त्रणमा लिन सकेका थिएनन् ।

पहाडहरूले छेकिएको उक्त प्रान्त परम्परागतरूपमा नै तालिबान विरोधी गढ मानिन्छ । डेढ लाखदेखि दुई लाख मानिसको बसोबास पञ्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई तालिबान बलियो गढ बनाएको हो ।

बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेको त्यस क्षेत्रमा अमेरिकाले सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्नसक्ने रेडियो टावरसमेत निर्माण गरेकाले विगतमा तालिवान विद्रोहीहरुले कब्जामा लिन नसकेको बताइन्छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार