असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् ।

तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा अफगानिस्तान कब्जा गरेपछि सीमा क्षेत्रका नागरिकमा यस्तो अवस्था देखिएको हो ।

सीमा क्षेत्रका नागरिकमा अहिले केही दिन यतादेखि मानिस आवतजावत गर्न थालेका र त्यहाँ बस्ती रहेका नागरिकमा आगामी दिनमा अवस्था सामान्य हँुदै जाने आशा पलाएको बताएका छन् ।

तालिबानीले पछिल्लो समयमा असुरक्षाको अवस्था हटाउने सङ्केत देखाएको उनीहरुको भनाइ छ ।

राम्रोसँग तालिबानीले अघि बढ्ने सङ्केट देखाएका र यसबाट अफगानिस्तानमा शान्ति र स्थायीत्व बढ्न सक्ने आशा पलाएको सो क्षेत्रका नागरिकको भनाइ छ ।

यी दुई देशका सीमा क्षेत्रमा तालिबानीका कारण समस्या बल्झिने गरेको थियो । सीमा क्षेत्रमा सधैँ हिंसा हुने र मानिसको ज्यान जाने गरेको थियो ।

पछिल्ला दिनमा तालिबानीले अफगानिस्तानको सत्ता हातमा लिएकाले यस अवस्थामा सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए ।

सीमा क्षेत्रका मानिसले कुनै पनि देशको हस्तक्षेप नगर्न र तालिबानीलाई आफै काम गर्न दिन पनि आग्रह गरेका छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार