असार २४, २०८२ मंगलबार July 8, 2025

नुवाकोट मूलथलामा मिनीट्रक दुर्घटना, २ को मृत्यु, ५ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ ।

घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बलको नं। १९ गुल्मका प्रहरी निरीक्षकको टोलीसहित नेपाल प्रहरी पनि खटिएको छ ।

सडकबाट तल खसेको ट्रक क्षतविक्षत भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया