असार २१, २०८२ शनिबार July 5, 2025

आगलागी हुँदा ६ जनाको मृत्यु, १३ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकी शहर लास भेगसमा शनिबार विहान एक अपार्टमेन्टमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य १३ जना घाइते भएका छन्। सीएनएनका अनुसार अल्पाइन मोटेल अपार्टमेन्टमा बिहान ४ बजे आगलागी भएको थियो।

प्रहरीका अनुसार जाडोमा हिटर नभएको अवस्थामा त्यहाँका मानिसले स्टोभ लामो समयसम्म चलाएपछि आगलागी सुरु भएको थियो।

उक्त अपार्टमेन्टमा ७० जना मानिसहरु बस्ने जनाइएको छ। आगलागका कारण ४ लाख ७५ हजार अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया