असार २४, २०८२ मंगलबार July 8, 2025

पाकिस्तानमा भीषण वर्षा, १२ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानमा भीषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ ।

गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ । उद्धारको काममा खटेका यहाँका अधिकारीहरुले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पनि बताएका छन् ।

एकै ठाउँमा निकै ठूलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ । कतिपय बगेका घरमा परेर मानिसको निधन भएको अनुमान गरिएको छ भने, केही घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ । रासस–सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार